सुन र चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौंं, १५ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो अर्थात आइतबार यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, हिजो आइतबार तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंसिर बिवाहको सिजनमा सुनको मुल्य दिनानुदिन बढ्नाले खरितकर्तालाई मार परेको छ ।















प्रतिक्रिया दिनुहोस्