कांग्रेसका सभापति देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै
काठमाडौ., १४ मंसिर । पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विवादलाई निकास दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
उनले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागेका हुन् । उपसभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थक नभएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् । उनले यो विवादलाई निकास दिन क्रियाशिलता देखाएको छ ।
दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् ।
बैठकमा नेता डा.शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ ।
सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको केन्द्रीय समितिको बैठक पटकपटक सरिरहेको छ । आजको बैठकलाइृ निकै चासोका साथ छुट्याइएको छ ।















प्रतिक्रिया दिनुहोस्