पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

काठमाडौं, १२ मंसिर । आज हाल देशभर मौसम सफा रहेको मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । मौसम सफा भए सँगै सकसानलाई बाल िभित्र्याउन सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्