सभापति देउवा, कार्यवाहक सभापति र महामन्त्रीद्वय भेटवार्ता

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता गरि गम्भिर छलफलमा जुटेको छ ।
स्रोतका अनुसार अहिले सभापति देउवा निवासमा उनीहरूबीच भेटवार्ता जारी छ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरू भए पनि महाधिवेशनबारे सहमति जुट्न सकेको छैन। यदि लामो केन्द्रयि समितिकिो बैठक हुँदा पनि निर्णयमा पुग्न सकेका छैन ।
सहमति जुटाउन भन्दै कार्यवाहक सभापति खड्काले पटक पटक केन्द्रीय समिति बैठक स्थगित गर्दै आएका छन्। भोलिका लागि केन्द्रीय समिति बैठक सारिएको थियो।

केन्द्रीय समिति बैठकअघि सभापति देउवा पनि नेताहरूसँग छलफल गरी सहमति जुटाउन क्रियाशील छन्।

सभापति देउवाले आज आफूनिकट केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

महामन्त्री थापाले कात्तिक १८ को केन्द्रीय समिति बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका थिए। पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नहुने थापाको भनाइ छ।

तर सभापति देउवा विशेष महाधिवेशनका पक्षमा छैनन्। सभापति देउवा महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्ताव गरेको सोही कार्यतालिकाको वरपर १५ औं महाधिवेशन गर्न तयार देखिएको स्रोतको भनाइ छ।

यसअघि कात्तिक ३० गते सभापति देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि भेट गरेका थिए भने कार्यवाहक सभापति खड्कासँग आज पनि भेटवार्ता भएको थियो।

आजै विशेष महाधिवेशन पक्षधरले प्रेस विज्ञप्ति निकालेर यो कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन गरे मान्य हुने नत्र विशेष महाधिवेशनको विकल्प नरहेको उल्लेख गरेका थिए।आजकने भेटने पनि निकास निस्कनैमा संका छ ।

प्रतिक्रिया दिनुहोस्