दल दर्ताको समय चार दिन थप

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ ।

आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय चार दिन (मंसिर १४) गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ । यस अझै केहि दल दर्ता हुने छन

प्रतिक्रिया दिनुहोस्