मुख्यसचिव सुमनराज अर्यालले पदवहाली गरे, भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम प्राथमिकता

काठमाडौं, १० मंसिर । मुख्यसचिव सुमनराज अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गरेका छन् । वनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट पारे ।

उनले भने, ‘चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु।’

मुख्यसचि अर्यालले आफू सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने विश्वास दिलाए । उनले सरकराको ध्यान निर्वाचनमा भएकाले पहिलो प्राथकिकता निर्वाचन भएको बताउँदै निर्वाचलाई निष्पक्ष, भयरहित र सफल रुपमा सपन्न गर्नु मुल्य दायित्य र्भको बताए । त्यस्तै उनले सुशान र विकास गर्नु दत्त चित्त भएर लाग्नु पर्ने बताए । २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्