कांग्रेसको विशेष महाधिवेशन पक्षधर विशेष भेलामा वक्ताहरुले धाराण राख्ने क्रम जारी
काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरुको विशेष भेलामा वक्ताहरुले धाराण राख्ने क्रम जारी छ ।
राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आ(आफ्नो भनाइ राखिरहेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ ।
भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।
२९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ ।
कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यहि विधिपूर्वक विशेष महाधिवेशन गर्नुपर्ने दवाद दिएको छ ।















प्रतिक्रिया दिनुहोस्