कार्यवाहक सभापति पूर्णबहादुर र खड्का महामन्त्रीद्वयबीच छलफलमा

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसभित्र सस्थापन पक्ष र इतरपक्षबिच निकै विवाद चुलिएको छ । पार्टीको १५ औँ महाधिवेशन फागुन २३ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन निकै हम्मेहम्पे परेको । यसका लागि विवाद मिलायन कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफलमा छन् ।

खड्का निवास गोल्फुटारमा भइरहेको छलफलमा पार्टीको केन्द्रीय कार्यसमितिमा पेस भएका महाधिवेशनका दुई कार्यतालिकालाई मिलाएर एउटा बनाउने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

थापाको कार्यतालिकालाई इतर समूह र यादवको कार्यतालिकालाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चरमोत्कर्षमा पुगेको कांग्रेसको महाधिवेशन विवाद अहिलेसम्म टुङ्गिन सकेको छैन । विवादका कारण गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म सम्पन्न हुन सकिरहेको छैन ।

छलफलमा बिहीबार (भोलि) बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा दुई कार्यतालिकालाई मिलाएर एउटा सहमतिको कार्यतालिका प्रस्तुत गर्ने विषयमा कुराकानी भइरहेको बताइएको छ । तर, सहमति भने भइनसकेको नेताहरू बताउँछन् । आजको छलफलले निकास देला त भन्ने सबैको जिज्ञासा छ । आजै विशेष महाधिवेशन पक्षधरले भेला बोलाएको छ ।सो भेलाले विशेष महाधिवेशनको लागि दवावद दिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्