एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता, दुबै कित्तामा तयारी

काठमाडौं,९ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । अर्को तर्फ संसद पुनस्र्थापनाको लागि अदालतको ढोका ढकढकाएर दुबै कित्तामा तयारी गरेको छ ।

आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

निर्वाचन विभागका प्रमुख निरज आचायले दल दर्ता गरेको बताए । एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै दल दर्ता गरिएको पनि उनले बताए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए ।

दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्