नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं,९ मंसिर । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको मंसिर ८ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।















प्रतिक्रिया दिनुहोस्