कांग्रेसका देउवाको नेतृत्वमा पार्टी चुनावमा जाँदैन: महामन्त्री थापा

काठमााडौं, ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने प्रसंग दोहोर्‍याएका छन्। उनले कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने उनले बताएका छन् ।

हिजो कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो।

त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको होरु मैले भनेस होइन।’

उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गरे। उनले थपेका छन्, ‘मैले भने प्रष्ट छ( अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भने, ‘कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’ देश भरको नेता कार्यकर्ताले नयाँ र उर्जाशिल नेतृत्व खाजेको छ ।

प्रतिक्रिया दिनुहोस्