सुन र चाँदी दुवै धातुको मुल्य घट्यो

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सोमबार सुन र चाँदू दुवै धातुको मुल्य घटेको छ । सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्