गरिमा रोड रेस–२०८२ सफलतापूर्वक  सम्पन्न

काठमााडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा  (शनिबार) गरिमा रोड रेस–२०८२ सफलतापूर्वक  सम्पन्न गरेको छ ।

१८औं वार्षिकोत्सवबाट सुरु गरिएको उक्त प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुलातर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार अगाडीबाट शुरु भई हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग बालुवाटार आई समापन हुने गरी रुट तय गरिएको थियो ।

साथै, कर्पोरेट तथा भेट्रान तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी अगाडी पुगी पूनः बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

कुल १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको खुला विधामा महिलातर्फ १० कि.मि.को दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुषतर्फ १० कि.मी.को दुरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले प्रथम स्थान हासिल गर्नुभयो । यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरुले खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार जित्न सफल भए ।

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फ क्रमशः रु.५०,०००÷–, रु.३५,०००÷–, रु.२०,०००÷–, रु.१५,०००÷– र रु.१०,०००÷– नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको
थियो । साथै, कर्पोरेट र भेट्रान तर्फ ५ कि.मि. विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.३०,०००÷–, रु.२०,०००÷–, रु.१४,०००÷–, रु.१०,०००÷– र रु.७,०००÷– नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
विकास बैंकका सञ्चालकहरु, पूर्व सञ्चालकहरु, शेयरधनी महानुभावहरु, विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका प्रतिनिधिहरु, पत्रकारहरु, कर्मचारीहरु लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

साथै, कार्यक्रमको समापन समारोहमा बोल्दै विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो भन्दै आगामी वर्षहरुमा यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने बताए । साथै, भोली मंसिर ७ गते आईतबार विकास बैंकले १९औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्