पार्टी एकता र मोर्चाबन्दीको तरंगः अशोक राईको पार्टीमा दुईधार

काठमाडौं, ३० मंसिर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।

जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा। पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।

जेनजी आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा, तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएकोमा बैठक नै नबोलाएर अनिर्णित बनाइएको संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेको जानकारी पत्रमा उल्लेख छ ।

‘दिनानुदिन काम गर्नुपर्ने कार्यकारिणीको स्थगित बैठक हालसम्म नडाकिएको हूँदा चालु केन्द्रीय कार्यकारिणी समितिको बैठकको कार्यसूची नं।१९ख० को कार्यसूचीलाई टुंङ्गोमा नपुर्‍याएकोमा असहमत रहँदै जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२र०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धिहरूबमे रक्षा र थप उपलब्धी प्राप्तिका लागि संघर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ,’ जानकारी पत्रमा उल्लेख छ ।

पार्टी एकता र मोर्चाबन्दीको तरंगः अशोक राईको पार्टीमा दुईधार
सोही निर्णय अनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीको आ–आफ्नो पदीय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण, ध्रुवीकरणको दिशामा अगाडि बढ्ने निर्णय गरिएको ६ नेताद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।र्ने दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्