एनएमबि बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ७ मंसिर । बैक तथा वित्तिय संस्थाहरुले लाभांश घोषणा तथा वितरण गर्ने क्रममा छन् । यस्तै एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्