कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा सहित हिमपातको सम्भावना
काठमााडौं, ६ मंसिर । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू(भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-गमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्