‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु पर्दैन: अध्यक्ष ओली
काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स ९(एनभीएफ) केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि संगठित गरिएको बताएका हुन् ।
‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो, अध्यक्ष ओली भने, त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन । ’ अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए । मुलुकमा शुसान र विकासका लागि यो संगठनले काम गर्ने उनले बताए । राष्ट्रहितको लागि यो आवश्यक भएकाले नै संगठित गरिएको भनाई छ ।















प्रतिक्रिया दिनुहोस्