राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

काठमााडैं, ४ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । बाराको सिमरामा उत्पन्न तनाव, एमालेले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन साथै समग्र शान्ति सुरक्षाको अवस्थाबारे बुझ्न र थप रणनीति अपनाउन सिंहदरबारमा अहिले प्रधानमन्त्री सुशीला कार्कीले बैठक राखेकी हुन् ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री एवं सुरक्षा निकायका प्रमुखहरू उपस्थित छन् । बारामा हिजो एमाले कार्यकर्ता र जेनजी समूहको झडपछि अहिलेसम्म अवस्था तनावग्रस्त छ । स्थानीय प्रशासनले अहिले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न चार राउण्ड अश्रु ग्यास प्रहार, २ राउण्ड हवाइ फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्