सिमरामा तनाव, चार राउण्ड अश्रु ग्यास प्रहार, २ राउण्ड हवाइ फायर

काठमााडैं, ४ मंसिर । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । २ राउण्ड हवाइ फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै २ राउण्ड हवाइ फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ । अवस्थालाई सामान्य अवस्थामा फर्कान प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्