च्यासलमा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं,४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केही समय अघिदेखि बैठक सुरु भएको हो ।

नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि गर्नु पर्ने गौतमले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि आज पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।
यस अघि संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको होे ।

प्रतिक्रिया दिनुहोस्