सगरमाथा जलविद्युतले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं,४ मंसिर । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएउको छ ।
कम्पनीले यही मंसिर २६ गते शुक्रबार स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ । मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्