स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं,४ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४।३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्