संसद् पुनर्स्थापनाको मागले पुन: राष्ट्रलाई अस्थिरताको चक्रमा लैजान्छ: प्रधानमन्त्री कार्की
काठमााडौं, ३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुनस् राष्ट्रलाई अस्थिरताको चक्रमा लैजान सक्ने बताएकी छन् ।
बुधबार दिउँसो राजनीतिक दलहरूसँग सिंहदरबारमा जारी छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।
‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनस्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्नेछ,’ उनले बताइन् ।
साथै, उनले संवैधानिक अडानमा सरकारको कुनै अलमल नभएको बताएकी छन् ।
‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो,’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘म स्पष्ट पार्न चाहन्छु, हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन । निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ ।’
उनले राजनीतिक दलहरूलाई संवैधानि निकासको बाटोतर्फ लाग्न आग्रह गरेकी छन् ।
‘अब संसद् पुनस्स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ । यसले नैदेशलाइृ सहि दिशा निर्देश गर्दछ । ’















प्रतिक्रिया दिनुहोस्