काठमाडौँबाट फोहोर लिएर गएको गाडी रोकिए
काठमाडौं, ३ मंसिर । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट फोहोर लिएर गएको गाडी नै रोकिएका हुन् ।
‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले जमानकारी दिए ।
सरकारले सम्झौता मात्रै गर्ने तर कार्यन्वयन नगर्ने भएकाले बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् । ‘हाम्रा साथीहरूले फोहोर रोक्न लागिरहेका छन् । राज्यले सधैँ झुक्क्याएपछि हामीले यो कदम चालेका हौँ,’ उनले भने ।
काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ भने अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ । यसले गर्दा स्थानीयहरुको अवरोध पछि यी फहोर व्यवस्थापन गर्न कठिन भएको छ । यसको लागि मन्त्री कुलमान द्धिसिङ्गले स्थानीय जनप्रतिनधिहरुलाइृ छलफलका लागि बालाएका छन् ।















प्रतिक्रिया दिनुहोस्