देशभरको मौसम साफ, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ३ कार्तिक । मंसिर लागेसँगै हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।हेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ । यसले बेबिहन बेलुको निकै चिसो महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्