काठमाडौं , २ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको बताएको छ । निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण भएको समेत आयोगले जनाएको छ ।

आयोगले एक सूचना जारी गर्दै भनेको छ–ुनिर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ । नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ ।

आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको पनि आयोगले प्रष्ट पारेको छ । निर्वाचन  मतदाता नामावलीसम्बन्धी सूचनाहरू अन्य व्यक्तिहरुको अनाधिकृत प्रयोग भएका सूचनालाई भ्रामक भएको समेत आयोगले जनाएको छ ।
सूचनाः

प्रतिक्रिया दिनुहोस्