नबिल बैंकको सवा १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं,२ मंसिर । नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक समूह तर्फको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि निवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ ।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्