नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं,२ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

इन्स्योरेन्सको संस्थापक समूह तर्फको शेयर बिक्रीमा राखिएको हो । यस शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्