हाथवे इन्भेष्टमेन्टको प्रतिशेयर आम्दानीमा गिरावट

काठमाडौं,१ मंसिर । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आफनो नाफामा ८७.३६ प्रतिशतले वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा फाइनान्सको सञ्चालन आम्दानी ८४.३१ प्रतिशत, कुल आम्दानी ८१.९७ प्रतिशत र कुल खर्च समीक्षा अवधिमा ६६.१७ प्रतिशत घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर ५६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार ६४८.८८ गुणा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्