साहस उर्जाले बोलायो साधारण सभा
काठमाडौं,१ मंसिर । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्