प्रधानमन्त्री कार्कीले आज नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्दै
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन् ।
यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान आनाकानी गरिरहको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावले जानकारी दिए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । यसले गर्दा अबको अवस्थालाई निर्वाचन मय बनाउन के के गर्नुपर्ला भन्ने विषयमाय विशेष छलफल हुने स्रोतले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्