लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं,१ मंसिर । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्