शिवम् सिमेन्ट्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं,१ मंसिर । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसका साथै सो बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्