एसवाई प्यानलको आईपीओ बाँडफाँट

काठमाडौं,३० कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयरका लागि आवेदन गरेको थियो । सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस मध्ये ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ । त्यस्तै ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्