आज सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँ घट्यो

काठमाडौं, ३० कार्तिक । केहि दिनदेखि बढेको सुनको मुल्य आइतबार भने घटेको छ । सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ हो

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्