मधेश प्रदेशका सात दलका सांसदहरूको धर्ना

काठमाडौं, २९ कार्तिक । मधेश प्रदेशका सात दलका सांसदहरूले प्रदेशसभाअघि धर्ना दिएर बसेका छन्।

सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै उनलाई हटाउन प्रस्ताव दर्ता गरेका सांसदहरूले आज प्रदेशसभाअघि धर्ना दिएका हुन्।

सभामुखले पदीय आचरणविरुद्ध संसद्मा दर्ता गराएको पत्रबारे उपसभामुखसँग जानकारी लिन मधेश प्रदेश सभा प्राङ्गणमा आफूहरू सामूहिक रूपमा गएको लोसपा सांसद उपेन्द्र महतोले बताए।

सभामुख मण्डलले आफूलाई हटाउन प्रस्ताव आएपछि पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन्।

मधेशमा एमालेका सरोज यादवलाई ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ। यो प्रकरणले मधेशप्रदेशमा एमाले विरुद्ध सातले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्