बिहारको सत्ता यसपालि कसको हातमा ?
इण्डिया, विहार, २७ कार्तिक। बिहार विधानसभा चुनावको दुवै चरणको मतदान सकिएको छ। चुनावको नतिजा शुक्रबार सार्वजनिक गरिनेछ।
यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल ९युनाइटेड० नेतृत्वको एनडिए गठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। त्यस्तै, जन सुराज पार्टी पनि पहिलो पटक चुनावी मैदानमा ओर्लिएको छ।
बिहारमा जम्मा २४३ विधानसभा सिट छन्। सरकार बनाउन कुनै दल वा गठबन्धनले १२२ सिट जित्नुपर्नेछ।
दुई चरणको मतदान सकिएपछि विभिन्न मत सर्वेक्षण ९एक्जिट पोल० का नतिजा सार्वजनिक भएका छन्। प्रायः सबैमा एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरिएको छ। यो अनुमान सही भए ७४ वर्षीय नितिश कुमार फेरि बिहारका मुख्यमन्त्री बन्ने छन्।
राष्ट्रिय जनता दल ९आरजेडी० र कांग्रेसको महागठबन्धन मत सर्वेक्षणमा पछाडि देखिएको छ। महागठबन्धनले ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ।
पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले बढीमा दुई–तीन सिट मात्र जित्ने अनुमान गरिएको छ।
धेरै पटक एक्जिट पोल र अन्तिम नतिजा फरक देखिएकाले मुख्यमन्त्रीको कुर्सीमा नितिश कुमार पुग्छन् कि तेजस्वी यादव भन्ने शुक्रबार नै थाहा हुनेछ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार एक्जिट पोलले एनडिएमा उत्साह ल्याएको छ भने महागठबन्धनले यसलाई अस्वीकार गरेको छ।
बिहार सरकारका मन्त्री अशोक चौधरीले एक्जिट पोलको नतिजा ठिक साबित हुने र बिहारमा फेरि एनडिएको सरकार बन्ने बताएका छन्।
बिहारस्थित भाजपा अध्यक्ष दिलीप जयसवालले पनि जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको ग्यारेन्टी र मुख्यमन्त्री नितिश कुमारको विकास मोडेलका पक्षमा मतदान गरेको प्रतिक्रिया दिए।
पूर्णियाका सांसद पप्पु यादवले भने यसपालि त्रिशंकु विधानसभा बन्ने वा महागठबन्धन नै जित्ने बताएका छन्।
आरजेडी प्रवक्ता मृत्युञ्जय तिवारीले पनि एक्जिट पोल पहिले पनि गलत साबित भएको र यसपालि फेरि गलत हुने टिप्पणी गरे।
एक्जिट पोलका अनुमानहरू
मैट्राइज–आइएएनएस पोल —
एनडिएस् १४७–१६७ सिट
महागठबन्धनस् ७०–९० सिट
जन सुराजस् ०–३ सिट
दैनिक भास्कर पोल —
एनडिएस् १४५छ–१६० सिट
महागठबन्धनस् ७३–९१ सिट
जन सुराजस् ०–३ सिट
पिपल्स पल्स पोल —
एनडिएस् १३३–१५९ सिट
महागठबन्धनस् ७५–१०१ सिट
पोल डायरी पोल —
एनडिएस् १८४–२०९ सिट
महागठबन्धनस् ३२–४९ सिट
अन्य एजेन्सीहरूका अनुमान पनि लगभग यस्तै छन्। अधिकांशले एनडिए गठबन्धनलाई स्पष्ट बहुमत दिइरहेका छन्। विविसी















प्रतिक्रिया दिनुहोस्