उम्मेदवारको खर्च घटाउन आयोगलाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचमा उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै यस्तो आग्रह गरेको हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको थियो । साथै अब निर्वाचन कार्यक्रम समेत प्रकाशन गर्न लागेको बताएको छ ।

आचारसंहिताको मस्यौदा लगायतका विषयमा राजनीतिक दलहरूसँग पुनस् छलफल गर्ने तयारी रहेको समेत आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न भनेकी हुन् ।

साथै, मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर समेत आयोगका अधिकारीहरू समक्ष प्रधानमन्त्री कार्कीले चासो राखेकी छन् । निर्वाचन र मतदाता संकलनका लागि जतिसक्दो सहज बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्