सुन प्रतितोला २ हजार १०० रुपैयाँ घट्यो

काठमाडौं, २६ कार्तिक । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य ठ्रलो अंकले बढेको थियो तर आज भने घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ । सुनको मुल्यको घटबटले निरन्तर्ता पाँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्