देव अवतरण दिवस
काठमाडौं । हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूले देव अवतरण दिवसको रूपमा आज धुमधामका साथ धार्मिक कार्यक्रम गरी मंगलबार मनाएका छन् । चन्द्रमास पात्रो अनुसार नौ महिनाको २२ औं गतेका दिन यो पर्व मनाइन्छ। बुद्धसँग सम्बन्धी चार महान् उत्सवहरूमध्ये एक महत्वपूर्ण पर्व हो ।
जसमा भगवान् बुद्धको बुद्धत्व लाभ, धर्मचक्र प्रर्वतन, देव अवतरण दिवस तथा ऋद्धि प्रातिहार्य दिवस आदि प्रमुख उत्सावहरू हुन् । बुद्धले बुद्धत्व लाभ गरिसक्नु भएपछि त्रायोत्रिंशत देव लोकमा रहनुभएका आफ्नी आमा मायादेवीलाई धर्म उपदेश गर्नका निम्ति देव लोक पुग्नुभई आफ्नी आमा महामाया देवीलगायत अन्य देवी देवताहरूलाई धर्म उपदेश गरी मनुष्य लोक अर्ताथ जम्बुद्वीपमा अवतरण गर्नभएको दिनलाई नै देव अवतरण दिवसको रूपमा मनाइन्छ ।
सिद्धार्थ गौतमलाई जन्म दिएर सात दिन पछि मायादेवीको देहान्त भएको थियो ।
यसरी देहान्त भएपछि सिद्धार्थ गौतमको पालनपोषण आफ्नै सानीमा गौतमी प्रजापतिले गरेकी थिइन । यसरी अन्यमा गएर बुद्धत्व लाभ भएपछि सिद्धार्थ गौतमले आफ्नी आमा मायादेवी स्वर्गको कुन ठाउँमा होला भनी दिव्यदृष्यले हेर्दा देवलोकमा सुखासयलका साथ जिवन विताईरहेको देख्नुभयो । यसरी लामो समयसम्म सुखासयलमा बाँचिरहेमा पुण्य क्षय भई अन्तमा नरक लोकमा समेत पतन हुनसक्ने बुझेर आफ्नी आमाको उदर गर्न र जन्म दिने आमाको कृपाको ऋणको चुकाउन देव लोक प्रस्थान गरी गम्भीर धर्म उपदेश मार्फत सबै देवी देवताहरू तृप्त पार्नका साथै आफ्नी आमा मायादेवीले अर्हत्व समेत प्राप्त गरेकी थिइन ।
यसरी धर्म उपदेश प्रदान गरी जम्बुद्वीपमा अवतरण गर्नु भएको दिनलाई बौद्ध धर्म मान्ने अधिकांश देशहरूमा यो उत्सव धुमधामका साथ मनाइन्छ । काठमाडौंमा रहेका विभिन्न गुम्बा तथा बिहारहरूमा बिहानै देखि पूजा पाठ तथा प्रार्थना आदि गर्नेहरूको घुँइचो लाग्ने गर्दछ ।
काठमाडौंको कपन सिमालटार स्थित डोल्पा समाजको गुम्बामा देवअवतरण दिवसको पावन अवसरमा तीन दिनसम्म विश्व शान्तिका निम्ति भव्य पूजापाठ हुने कार्यक्रम रहेको छ । यसप्रकारको धार्मिक कार्यक्रमको आयोजनद्वारा देशमा सुख, शान्ति र समृद्धि, भाइचारा, सहअस्तित्वको निम्ति प्रमुख भूमिका खेल्न सक्ने विश्वास गरिएको छ















प्रतिक्रिया दिनुहोस्