साहस उर्जाले गर्यो लाभांश घोषणा, बोनस वितरणपछि शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं,२५ कार्तिक । साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । यसका साथै कम्पनीले सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।
कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
कम्पनीको गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निणर्य संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।















प्रतिक्रिया दिनुहोस्