सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
काठमाडौं,२५ कार्तिक । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा इन्स्योरेन्सले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशत र कुल आम्दानी १२.२८ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढेको छ भने कुल खर्च १२.१७ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।















प्रतिक्रिया दिनुहोस्