वीरेन्द्र बस्नेतले निर्वाचन आयोगमा दर्ता गराए गतिशील लोकतान्त्रिक पार्टी
काठमाडौं,२४ कार्तिक । जेनजी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले सोमवार सो पार्टी दर्ताको प्रमाण पत्र अध्यक्ष डा। दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् ।
बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहेका छन् । नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताए। उनले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारे ।
अध्यक्ष प्रसाईंले भने, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । यो देशको भविष्य नागरिकहरुले मिलेर बनाउने हो । यो देश हामी सबैको हो । र हामी सबै मिलेर यो देश बनाउने हो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेको बताए ।’
पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेका थिए । पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताए।















प्रतिक्रिया दिनुहोस्