डिप्रोक्स लघुवित्तको अधिकांश सूचकमा सुधार, प्रति शेयर आम्दानी ४३.२९ रुपैयाँ

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार चालु वर्ष पहिलो ३ महिनामा संस्थाले २० करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १९७.४४ प्रतिशतको बढोत्तरी भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १९६.६८ प्रतिशतले बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९ करोड ७१ लाख रुपैयाँमा सीमित थियो ।

चालु वर्षको असोजसम्म संस्थाको खुद ब्याज आम्दानी ५३ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ४१ करोड ६१ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २८.२१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ७५ करोड ९० लाख रुपैयाँ रहेको छ । प्रथम त्रैमाससम्म संस्थाको लाभांश वितरण गर्ने क्षमता ४०.६३ प्रतिशत देखिएको छ ।

संस्थाको खराब कर्जा अनुपात घटेर ८.७३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल ९.०१ प्रतिशत थियो ।

चुक्तापुँजी १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ७५ करोड ९० लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ छ । अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ६० करोड ६४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ ।

समीक्षा वर्षसम्म संस्थाले ११ अर्ब ३९ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म संस्थाले ११ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २५ अर्ब ३२ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको  प्रतिशेयर आम्दानी १७१.५८ प्रतिशतले बढेर ४३.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.९४ रुपैयाँ थियो । पीई रेसियो १८.६२ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २२१.२१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्