रामकुमारी झाक्रीसहितका केहि नेताहरू आज एमाले फर्कंदै
काठमाडौं, २४ कार्तिक । नेकपा एकिकृत समाजवादीबाट नेपाली कम्युनिष्ट पार्टीको एकतामा नगएका रामकुमारी झाक्रीसहितका केहि नेताहरू आज (सोमबार) एमाले फर्कंदैछन्।
सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्।
्एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन्।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन्। ययो सँगै एमालेलाई केहि राहत भएको नेताहरुले बताएको छन् ।















प्रतिक्रिया दिनुहोस्