देशभर मौसम सफा, हिमाली स्थानमा हल्का हिमपात

काठमाडौं, २४ कार्तिक । हाल देशभर मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै उल्लेखनीय परिवर्तन पनि नभएको र मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्