हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारीका ठगी आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडौं,२३ कात्तिक । स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

बम्जन कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । उनी सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् ।

त्यसकासाथै, उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । उक्त ठगीमा अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्