आइसिएफसि फाइनान्सले गर्यो लाभांश घोषणा
काठमाडौं,२३ कार्तिक । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
फाइनान्सले चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्