कामना सेवा फुट्सल कपसिजन ५ सम्पन्न
काठमाडौं, २३ कार्तिक । कामना सेवाविकास बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजितकामना सेवाफुट्सल कपको पाँचौंसिजनशनिवार सम्पन्न गरेको छ ।
पुरुषतर्फको खेलमा सिद्धार्थ बैंकले प्राइम कर्मसियल बैंकलाई २–० ले हराउदै उपाधीजितेको छ । त्यसै गरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियनलुम्बिनीविकास बैंकले ग्लोबल आइ.एम.ई बैंकलाई १–० ले हराउदै यस सिजनको उपाधीजितेको छ ।
कामना सेवाविकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुट्सल कपआयोजनागदैं आएको छ । विजेतातथाउपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकको डि.सि.ई.ओ. विनयदाहालले एन्फा रेफ्रीअन्जना सुनुवारलाई बल हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ भएको उक्तप्रतियोगिताको समापनकार्यक्रममा बैंककाप्रमुख सञ्चालनअधिकृत विकास ढुङ्गानाले विजेतातथाउपविजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलमापुरुषतर्फको कुल १७ र महिलातर्फ कुल ९ टिमको सहभागिता रहेको थियो ।
उक्तप्रतियोगितामा बैंककाविभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको दिन २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदानकार्यक्रमको समेत आयोजना गदैंछ ।















प्रतिक्रिया दिनुहोस्