वायु प्रदूषण बढ्दै, धेरै प्रदूषण सुर्खेतमा

काठमाडौं, २३ कार्तिक । वर्षा कम भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमशः दाङको देउखुरी (१२४) पीएम, काठमाडौंको शंखपार्क (१२३)पीएम र ललितपुरको खुमलटार (१०५) पीएम छन् ।

हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३पीएम पुगेको छ ।

वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् । वायु प्रदुषणबाट बच्नका लागि कागज तथा पलाहरु जलाउने कार्य बन्द गर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्